चर्चित अमेरिकी संगीतकारको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौँ , १९ चैत्र

Advertisement

अमेरिकाका चर्चित ट्रम्पेटवादक तथा जाज संगीतकार वालेस रुनीको कोरोना भाइरसको संक्रमणबाट मंगलबार मृत्यु भएको छ ।

Advertisement

उनको उपचारका क्रममा न्यु जर्सीको सेन्ट जोसेफ युनिभर्सिटी मेडिकल सेन्टरमा मृत्यु भएको सीएनएनले जनाएको छ । उनी ५९ वर्षका थिए ।

Advertisement

रुनीको निधनको पुष्टि गर्दै उनकी प्रचारक लिडिया लिब्म्यानले भनेकी छिन्, ‘कोरोना भाइरसको संक्रमणबाट प्रसिद्ध ट्रम्पेटवादक तथा जाज संगीतकार वालेस रुनीको मंगलबार निधन भएको खबर सुनाउनुपर्दा म एकदमै दुखी छु।’

रुनी गत बुधबार अस्पताल भर्ना भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *