कोरोनाभाइरस : इटलीमा एकै दिनमा ४७५ जनाको मृत्यु

बीबीसी, ६ चैत्र

इटलीमा कोरोनाभाइरसले लगाउने कोभिड(१९ रोगका कारण एकै दिनमा झन्डै ५०० जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

त्यो सङ्ख्या, चीनमा गत डिसेम्बरमा कोरोनाभाइरसको महामारी सुरु भएपछि देशव्यापी हिसाबले एकै दिनमा मृत्यु हुने बिरामीको उच्चतम सङख्या हो।

कोरोनाभाइरसको त्रासबीच युरोप र अन्यत्र पनि उच्च सतर्कता अपनाइएको छ। विभिन्न देशमा स्वास्थ्य सङ्कटकाल लगाइएका छन्।

इटलीमा थप ४७५ जनाको ज्यान गएपछि कोभिड(१९ रोगका कारण मृत्यु हुनेको सङ्ख्या करिब ३,००० पुगेको छ।

प्रकाशित मिति : २०७६ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया