जर्मनीमा भएको गोलीकाण्डमा ८ जनाको मृत्यु

बीबसी, ८ फागुन

जर्मनीको हानाउ शहरमा भएका दुईवटा गोलीकाण्डमा कम्तीमा आठजना व्यक्ति मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि घाइते हुनेहरूको सङ्ख्या कम्तीमा छ रहेको जनाएको छ। प्रहरीले बीबीसीलाई बताए अनुसार राति करिब १० बजेतिरका घटना हुन्।

घटनापछि सन्दिग्धहरू फरार भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पहिलो गोलीकाण्ड मध्य हानाउस्थित एउटा बारमा भएको थियो भने दोस्रो घटना हनाउकै केसेल्सटाटस्थित अर्को बारमा भएको थियो।

अज्ञात सङ्ख्यामा रहेका बन्दुकधारीहरूले पहिलो शीशाबारमा आक्रमण गर्दा तीनजना र दोस्रोमा पाँचजना मारिएको एउटा स्थानीय टेलिभिजनले जनाएको छ।

प्रकाशित मिति : २०७६ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया