मानपुरमा एमालेको टोल कमिटी गठन

शालिकराम मुसाफिर,मानपुर २० बैशाख ।
तुलसीपुर उपमहानगरपालिका १७ मानपुरमा एमालेले स्थानीय निकायको चुनावलाई लक्षित गर्दै ७५ सदस्सीय टोल कमिटी गठन गरेको छ । तुलसीपुर उपमहानगरपालिका १७ का उपसंयोजक नरेन्द्र पोख्रेलको अध्यक्षता तथा एमाले जिल्ला कमिटिका सल्लाहकार हिमकहादुर विसीको प्रमुख आतिथ्यतामा बुधबार भएको भेलाले सो कमिटी गठन गरेको हो ।

सेतु विकको अध्यक्षतामा गठन भएको सो कमिटीको उपाध्यक्षमा हीरा बस्नेत, नारायण वस्नेत सचिव, सहसचिवमा चन्द्रबहादुर चौधरी र कोषाध्यक्षमा रीताराम वली रहनु भएको छ । शशीधर पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको भेलामा एमालेका जिल्ला सदस्य अमर खड्का, एमालेका जिल्ला कमिटिका आर्थिक विभाग प्रमुख तथा १७ नं वडा वडा अध्यक्षका उमेदबारका आकांक्षी बामदेव खनाल लगायतका वक्ताहरुले वास्ताविक गरीब जनताको पक्षमा एमालले मात्र काम गर्न सक्ने भएकाले स्थानीय निकायको चुनावमा एमालेलाई मतदान गरी जिताउँन आग्रह गरेका थिए । भेलाको सञ्चालन लब्रु चौधरीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ बैशाख २० गते बुधवार
प्रतिक्रिया