तुलसीपुर,१८ बैशाख ।
तुलसीपुर उपमहाँनगरपालिका २ रक्षाचौरमा ३ दिने पत्रकारीता तालिमको आज समापन गरीएको छ । वडास्तरीय वाल सञ्जालकी अध्यक्ष रेणु गन्र्धवको अध्यक्षता एवं तुलसिपुर उपमहाँनगरपालीकाका एलजिसीडिपीका कार्यक्रम अधिकृत भिम खत्रीको प्रमुख आतीथ्यता तथा वडा नागरिक मञ्चका संयोजक पिताम्बर वलीको विशिष्ट आतीथ्यतामा तालीम समापन भएको हो ।
सो अवसरमा बोल्ने वक्ताहरुले वालवालीकाहरुले तालिममा सिकेका कुराहरु लाई व्यवहारमा पनी लागु गर्नुपर्नेमा जोड दिदैं अव आफ्ना अधिकारहरु कलमको माध्यम वाट वालवालीका आफ्ैले प्रस्फुटन गर्नुपर्नेमा जोड दिएका छन । वडा नागरीक मञ्चकी पुर्व संयोजक अम्बिका भण्डारी, प्रशिक्षार्थि शरद परियार,गरिमा वली लगाएतकाले वोल्नुभएको थियो ।
तालिमको प्रशिक्षकमा पत्रकार शुशिल वस्नेत,सर्मिला डिसी, निरला अर्याल गैरे रहनुभएको थियो । तुलसिपुर उप महाँनगरपालीकाको आयोजना तथा वडा स्तरीय वाल संञ्जालको प्राविधिक सहयोगमा भएको तालीममा ३१ जना वालवालीकाको सहभागीता थियो ।।