शान्तिका लागि कौवाघारीमा अतिरिक्त कृयाकलाप

देविराम कुसारी,तुलसीपुर १८ ।
शान्ति सद्भाव युवा क्लव र वाल सञ्जाल दंगिशरण गाउँ वालिका वडा नरम्वर १ र २ को आयेजनामा प्रावि कौवाघारीमा शान्ति र सद्भावका लागि अतिरिक्त कृयाकलाप सम्पन्न भएको छ । नेपाल मिला सामुदायिक सेवा केन्द्र घोराही र नागरिक आवाज ललितपुरको साझेदारीमा सञ्चालित परिवर्तनका संवाहक शान्ति र पुनर्मिलप कार्यक्रम अन्तरगत गठित युवा क्लव र साविक गोल्टाकुरी गाविस स्तरिय वाल क्लवको आयोजनामा भएको कार्यक्रममा विभिन्न चार विधामा प्रतियोगिता गाइएको थियो ।

युवा क्लवका अध्यक्ष रमेश नेपालीको अध्यक्षता तथा साविक गाविस सचिव ज्ञानबहादुर केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वोल्ने सहभागिले समुदायमा शान्ति स्थापना गरी सद्भाव कायम गर्न युवा रचनात्मक काममा लाग्नुपर्नेमा जोड दिएका थिए । त्यस अवसरमा परिवर्तनका सम्वाहक शान्ति र पुनर्मिलाप कार्यक्रमका जिल्ला संयोजक वसन्त पोख्रेल, विद्यालयका शिक्षक एंव क्लवका सल्लाहकार भिमकुमार डिसी, वाल सञ्जालका अध्यक्ष गोमा बुढाथोकी, शिक्षक एंव पतञ्जली योग शिविर गोल्टाकुरीका अध्यक्ष रोवरसिं ढकाल, महिला अधिकारकर्मी विष्णु गौतम, वाल सञ्जालका सल्लाहकार पारस खड्का लगाएतले वोल्नुभएको थियो ।

कार्यक्रममा शान्ति गित प्रतियोगिता, वालविवाह न्यूनिकरणमा युवाको भुमिका विषयक वक्तित्वकला प्रतियोगिता भएका थिए । त्यसैगरी वालविवाह सम्वन्धि सडक नाटक र एकल नृत्य पनि प्रस्तुत गरिएको थियो ।।

प्रकाशित मिति : २०७४ बैशाख १८ गते सोमवार
प्रतिक्रिया