तुलसीपुर,१८ बैशाख ।
वरीष्ठ समाज सेवि भागवत धर्म रजौरेको १३औ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम आज सम्पन्न भएका छ । नवराज रजौरेको अध्यक्षता तथा प्राध्यापक गदाधर पौडेलको प्रमुख आतिथ्यमा भएको सो कायक्रममा उहाद्धारा लिखित गीता कुञ्ज पुस्तकको लोकार्पन समेत गरीएको थियो । पुस्तकको लोकार्पन प्रमुख अतिथि पौडेलले गर्नुभएको थियो भने प्राध्यापक प्रेमकुमार आचार्यले समिक्षा गर्नुभएको थियो ।
कार्यक्रममा डिल्लीराज श्रीधर,नारायण प्रसाद रजौरे,दुर्गा प्रसाद लामिछाने,टँकेश्वर रजौरे,गोविन्द प्रसाद रजौरे,चिरञ्जीवी न्यौपाने,प्रकास लामिछाने,विजय उप्रेति, शुस्मा गिरी,तिलक न्यौपाने,राम प्रसाद जैसि,शालिकराम रजौरे,गेहेन्द्र चुुडामनि रजौरे,देवराज लामिछाने,नवराज लामिछाने लगायतले श्रद्धाञ्जली मन्तव्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण देविराम खनालले गर्नुभएको थियो ।
सो अवसरमा परीवारजन बाट स्व.रजौरेको नाममा दाङ साहित्य तथा सस्कृति प्रतिष्ठानमा अक्षयकोषको स्थापना गरीएको छ । अक्षयकोषको लागि स्व.रजौरेकी धर्मपत्नी लक्ष्मीदेवि रजौरे, छोराहरु पोषणराज रजौरे र हरी रजौरेले प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधर लाई एक लाख रुपैयाको चेक हस्तान्तरण गर्नुभको थियो । उक्त रकमको ब्याजबाट प्रत्येक बर्ष उत्कृष्ट सर्जकहरुलाई पुरस्कृत गरीनेछ । पुरस्कारको नाम भागवत धर्म रजौरे स्मृति साहित्य पुरस्कार रहेको छ ।
यस्तै त्रिसिद्धेश्वरी मन्दिरका संस्थापक स्वर्गीय भागवत धर्म रजौरेको १३ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा भएको छ । मन्दिर ब्यबस्थापन समितिको आयोजनामा भएको श्रद्धाञ्जली सभामा बक्ताहरुले रजौरेले मन्दिर संरक्षणमा खेलेको भुमिकाको प्रसंसा गरेका थिए कार्यक्रमको सहजीकरण सचिब होमराज शर्माले गरेका थिए ।।