पूर्वराष्ट्रपति मुशर्रफविरुद्धको मृत्युदण्डको सजाय रद्द

 

बिबिसी, २८ पुष
पाकिस्तानको एउटा अदालतले पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई सुनाइएको मृत्युदण्डको फैसला उल्ट्याइदिएको छ । कानुनी प्रक्रिया असंवैधानिक भएको भन्दै अदालतले फैसला उल्ट्याइदिएको हो । मुशर्रफले आफूलाई देशद्रोहमा दोषी भन्दै त्यस्तो सजाय सुनाउने विशेष अदालतको गठनलाई गत डिसेम्बरमा चुनौती दिएका थिए ।

प्रकाशित मिति : २०७६ पुष २८ गते सोमवार
प्रतिक्रिया