क्षेप्यास्त्र प्रहारपछि इरान ‘तल पर्‍यो’ :अमेरिका

बिबिसी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरेपछि इरान तल परेको  बताएका छन्।

ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् सम्बोधन गर्दै ट्रम्पले इरानी आक्रमणमा अमेरिकी वा इराकी नागरिकहरूको मृत्यु नभएको र अमेरिकी सैन्य आधार शिविरहरूमा पनि खासै क्षति नभएको बताएका हुन्।

आफ्ना एकजना सैन्य जेनरलको हत्याको बदला लिन भन्दै इरानले बुधवार इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरेको थियो।

इरानले इराकस्थित एर्बिल र अल असदमा रहेका त्यस्ता शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरको बताइएको छ।

प्रकाशित मिति : २०७६ पुष २४ गते बिहिवार
प्रतिक्रिया