इरान जहाज दुर्घटनामा कुन देशका कतिको मृत्यु

एजेन्सी,२३ पुष

इरानमा भएको युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाज दुर्घटनामा परेका मृतकको सनाखत भएको छ । १६८ यात्रु र ९ जना चालक दलका सदस्य बोकेको बोइङ ७३७–८०० जहाज बिहान स्थानीय समयअनुसार सवा ६ बजेतिर तेहरानको इमाम खामोनी विमानस्थलनजिकै दुर्घटनामा परेको थियो । जहाज दुर्घटनामा ८२ इरानी, ६३ क्यानेडियन, ११ युक्रेनियन, १० स्विडिस, ४ अफगानी, ३ जर्मन र ३ बेलायती नागरिकको मृत्य भएको युक्रेनका परराष्ट्रमन्त्री भ्यादाइम प्रिस्टाइकोले ट्वीटरमा जानकारी दिएका छन ।


८२ जना इरानी
६३ क्यानेडेली
११ युक्रेनी, चालक दलका सदस्यसहित
१० स्वीडिश
चार जना अफगान
तीन जना जर्मन
तीन जना ब्रिटिश


युक्रेनको राजधानी केइभ जान लागेको जहाज टेकअफ भएको केहीबेरमै प्राविधिक समस्या आएपछि दुर्घटनामा परेको थियो । युक्रेन इन्टरनेशनल एयरलाइन्सले पत्रकार सम्मेलन गर्दै जनवरी ६ मामात्रै जहाज जाँचेको र कुनै पनि कमजोरी नदेखिएको बताएको छ ।
बोइङले उक्त जहाज सन् २०१६मा एयरलाइन्सलाई हस्तान्तरण गरेको थियो। गत वर्ष बोइङका ७३७ म्याक्स मोडलका दुई जहाज लगालग दुर्घटनामा परेपछि अहिले उक्त जहाजको उत्पादन बन्द गरिएको छ।

 

 

 

प्रकाशित मिति : २०७६ पुष २३ गते बुधवार
प्रतिक्रिया