१८० यात्रु बोकेको जहाज इरानमा दुर्घटना

पुष २३ एजेन्सी
इरानमा बुधवार विहान १८० जना सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको स्थानीय संचारमाध्यमले जनाएका छन ्। युक्रेन अन्तर्रा्ष्ट्रिय वायुसेवाको विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटना भएको फार्स समाचार संस्थाले जनाएको छ । प्रारम्भिक विवरणहरूका अनुसार उक्त विमान युक्रेनको राजधानी किएभतर्फको यात्रामा रहेको बताइएको छ । विमान दुर्घटनामा परेको विमानस्थल नजिकैको क्षेत्रमा उद्धार टोलीहरू परिचालन गरिएको छ । “विमानमा आगो लागेको छ र हामीले उद्धारकर्मीहरू त्यसतर्फ पठाएका छौँ….हामीले केही यात्रुहरूलाई बचाउन सक्ने पनि हुन सक्छ,“ इरानको आपतकालिन सेवाका प्रमुख पिरहोसेन कोउलीभान्डले सरकारी टेलिभिजनमा बताएका रोयटर्स समाचार एजेन्सीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ पुष २३ गते बुधवार
प्रतिक्रिया