भारतमा भएको प्रदर्शनमा १३ जनाको मृत्यु

लखनउ , ५ पुष
नागरिकता कानुनको विरोधमा भारतमा भएको प्रदर्शनमा अहिले सम्म १३ जनाको मृत्यु भएको छ । मुस्लिम समुदायलाइ विभेद गरेको भन्दै उत्त प्रदेशमा थप ६ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १३ पुगेको हो ।

उत्तर प्रदेशका अधिकांश विभिन्न जिल्लामा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा उनीहरुको मृत्यु भएको हो । प्रदर्शनकारीले सवारी साधनमा आगजनी गर्नुका साथै प्रहरीमाथि पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ ।

स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको प्रहरीले जनाएको छ । झडपमा ३२ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तिमध्ये आठ जना प्रहरी छन । प्रहरीले ठुलो संख्यामा प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

सरकारले प्रदर्शनमा रोक लगाएपछि राजधानी दिल्ली मुजफ्फरपुर, मेरठ, गोरखपुर, बनारसलगायत उत्तरप्रदेशका विभिन्न स्थानमा प्रदर्शन भएको हो । नयाँ कानूनको विरोधमा दुईहप्तादेखि भारतमा प्रदर्शन जारी छ । कानूनी रुपमै धर्मका आधारमा विभेद भएको भन्दै भारतभर प्रदर्शन चर्किएको हो ।

 

प्रकाशित मिति : २०७६ पुष ५ गते शनिवार
प्रतिक्रिया