राहुलले रेप इन इन्डिया भनेपछि हंगामा

एजेन्सी
नयाँ दिल्ली, २७ मंसिर/ कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले नयाँ दिल्लीलाई ‘रेप क्यापिटल’ बलात्कारको राजधानी भन्दै गरेको टिप्पणीप्रति माफी माग्न अस्वीकार गरेका छन् ।उनले ट्वीट गर्दै आफूले यस विषयमा कहिल्यै माफी नमाग्ने बताए । उनले लेखेका छन्, ‘म यसमा कहिल्यै माफी माग्दिनँ । प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले दिल्लीलाई रेप क्यापिटन भनेका थिए । अरुलाई भड्काउनका लागि भाजपाले हल्ला गरिरहेको छ । मेक इन इन्डियाको कुरा प्रधानमन्त्रीले गरेका थिए र मैले रेप इन इन्डिया भनेको हुँ ।’

उनले भने, ‘उत्तर पूर्वलाई जलाइएको छ । विरोध, बेरोजगारी र मन्दीबाट ध्यान अन्यत्र मोड्नका लागि मेरो भनाइलाईै मुद्दा बनाइँदै छ । तर, म कहिल्यै माफी माग्दिनँ । प्रधानमन्त्रीले दिल्लीलाई रेप क्यापिटल भनेका थिए । उनले भनेको जस्तो मेक इन इन्डिया भनेका थिएँ, तर जहाँ हेरे पनि रेप इन इन्डिया बनिसकेको छ ।’

राहुलले मोदीले उत्तर पूर्वमा हिंसा भड्काएकोमा प्रधानमन्त्री मोदीले माफी माग्नुपर्ने समेत उनले बताएका छन् । उनले काश्मिर पूर्वोत्तरमा भइरहेको हिंसामा सरकार दोषी रहेको आरोप समेत लगाएका छन् । राहुल गान्धीको बयानलाई लिएर लोकसभामा भाजपाका महिला सांसदहरुले हंगामा गरेका थिए । स्मृति इरानी, लकेट चटर्जीसहितका महिला सांसदले राहुलको भनाइ आपत्तिजनक रहेको बताए ।

भाजपा सांसदले हंगामा मच्चाएपछि सभामुख ओम बिरलाले संसदको कारबाही स्थगित गरेका थिए । राहुल गान्धीले भने, ‘उन्नावमा भाजपाका विधायकले बलात्कार गरे, युवतीको गाडीलाई दुर्घटना गराए, तर मोदीले एक शब्द बोलेनन् । महिलामाथि हिंसा भइरहेको छ

प्रकाशित मिति : २०७६ मङ्सिर २७ गते शुक्रवार
प्रतिक्रिया