७२ वर्षीया वृद्धाको चर्पीमा बास

 

एजेन्सी

 

भारतको उडिसामा एक ७२ वर्षीया आदिवासी महिला राज्य सरकारले आवास उपलब्ध नगराउँदा ३ वर्षदेखि शौचालयमा जीवन गुजारा गरिरहेकी छन् । द्रौपदी बेहरा नामकी ती महिला आफ्ना नाति र छोरीसहित शौचालयमा जीवन बिताउन बाध्य भएकी हुन् ।

कनिका ग्राम प्रशासनले बनाएको सो शौचालयमा उनी खाना बनाउँछिन् र त्यहीँ सुत्छिन् भने उनको परिवार शौचालय बाहिर रात कटाउँछन् ।

घरको पर्खाइ
महिलाले यो मुद्दा अधिकारीहरूसमक्ष उठाइसकेकी छन् । त्यसपछि सरकारले उनलाई आवास उपलब्ध गराउने बाचा गरेको थियो । तर, उनले अहिलेसम्म आवास पाउन सकेकी छैनन् । उनले अझै पनि घरको पर्खाइमा रहेको बताएकी छन् ।

आदेश आएलगत्तै घर दिने
गाउँका पञ्च बुद्धराम पुतले आफूसँग घर दिन कुनै शक्ति नरहेको बताएका छन् । उनले यदि आफूलाई घर बनाइदिन कुनै योजनामार्फत आदेश आएमा तत्काल घर बनाइदिने प्रतिबद्धता जनाएका छन् ।

 

यद्यपि भारतमा यसप्रकार खबर आइसकेका छन् । यसअघि तमिलनाडुको मदुरै जिल्लामा एक ६५ वर्षीया महिला सार्वजनिक शौचालयमा बस्न बाध्य भएको समाचार आएको थियो ।

करुप्पयी नामकी ती महिला मदुरैको रमनाडमा १९ वर्षसम्म शौचालयमा बस्न बाध्य भएकी थिइन् । उनको समाचार भाइरल भएपछि सरकारले उनलाई घर उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : २०७६ मङ्सिर २६ गते बिहिवार
प्रतिक्रिया