गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

काठमान्डाै ,२१
भूतपूर्व ब्रिटिश गोर्खाहरूले ब्रुनाईको “गोर्खा रिजर्भ युनिट“ र “सिङ्गापुर प्रहरी“मा नेपाली युवाहरूको नियुक्ति र व्यवस्थापनमा ब्रिटिश सरकारले “बिचौलिया“को भूमिका खेलको भन्दै त्यसलाई अन्त्य गर्न माग गरेका विविसीले लेखेकाे छ । भूतपूर्व ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले गोर्खासम्बन्धी “काठमाण्डू घोषणापत्र“ जारी गर्दै यस्तो माग गरेको हो।

उक्त घोषणापत्रमा सिंगापुर र ब्रुनाईसँग गोर्खा भर्तीबारे नेपाल आफैँले छुट्टै सम्झौता गर्नुपर्ने माग पनि छ।

घोषणापत्रमा भनिएको छ, “गोर्खा रिजर्भ युनिट र सिङ्गापुर प्रहरीमा नेपाली युवाहरूको भर्ती र व्यवस्थापनमा ब्रिटिस सरकारले खेलेको बिचौलियाको भूमिकाको अभ्यासलाई तत्काल अन्त गर्न र ती निकायहरूमा कार्यरत सुरक्षा गार्ड तथा प्रहरीले पाउनुपर्ने सबै पारिश्रमिक तथा अन्य सुविधाहरू दिलाउने सम्बन्धमा नेपाल सरकारले तत्काल सम्बन्धित सरकारसँग सम्वाद गरोस्।“

 

प्रकाशित मिति : २०७६ मङ्सिर २१ गते शनिवार
प्रतिक्रिया