एक अर्ब युरो बराबरको बहुमूल्य गहना चोरी

काठमाडौं / पूर्वी जर्मनीमा रहेको विश्वप्रसिद्ध संग्रहालयबाट करिब एक अर्ब युरो बराबरको बहुमूल्य गहना चोरी भएको छ । चोरहरुले ड्रेस्डेन ग्रीन भल्टमा रहेको संग्रहालयको झ्याल फुटाएर भित्र पसी अठारौँ शताब्दीमा बनाइएका तीनवटा हीरा, नीलमणि र अन्य पत्थरजडित गहना चोरी गरेका हुन् । चोरी भएका गरगहना झण्डै १ खर्ब २६ अर्ब नेपाली रुपैयाँबराबरको हो ।

यो घटनालाई दोश्रो विश्वयुद्धपछिकै ठूलो कला डकैतीको संज्ञा दिइएको छ । प्रहरीले खोजी कार्यलाई तीबै पारेको छ । यी बहुमूल्य घटनालाई टुक्र्याएर बेचिन सक्ने चिन्ताले अधिकारीहरुलाई त्रस्त पारेको छ ।

बीबीसी

प्रकाशित मिति : २०७६ मङ्सिर १० गते मङ्गलवार
प्रतिक्रिया