गोल्टाकुरीमा स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न

देविराम कुसारी,गोल्टाकुरी ५ बैशाख ।

साविक गोल्टाकुरी गाविस हाल दंगिशरण गाउँपालिका वडा नम्वर १ र २ को आयोजनामा स्वागत तथा पचियात्मक कार्यक्रम सम्पन्न भएको छ । सचिव ज्ञानबहादुर केसीको अधयक्षता तथा गाउँपालिकाका कार्यकारी अधिकृत दलबहादुर वस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गाउँ पालिकाका कार्यकारी अधिकृत दलबहादुर वस्नेतलाई स्वागत गरिएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै कार्यकारी अधिकृत वस्नेतले नयाँ संरचनामा जादा कर्मचारीलाई केही समस्या र सेवा ग्राहीलाई नयाँ लागे पनि सुधारको क्रममा रहेका कारण नआत्तिन सवैमा आग्रह गर्नुभएको थियो ।

सेवा ग्राही र कर्मचारी विचको समधुर संवन्धले नै सेवा प्रभावकारीता ल्याउने भन्दै अधिकृत वस्नेतले काम गर्ने क्रममा कहिलेकाही हुन कमजोरीलाई सवै मिलेर सुधार गर्नुपर्ने वताउनुभयो । कार्यक्रममा वोल्दै पुर्व गाविस अध्यक्ष एंव नेपाली काँगे्रसका जिल्ला सदस्य यज्ञबहादुर विष्ट, क्षेत्रिय प्रतिनिधी पिमा खड्का, पुर्व जिल्ला सदस्य गिता पौडेल लगाएतले कर्मचारीका विचमा सकार्यको वातावरण तय गर्दै सेवालाई प्रभावकारी वनाउनुपर्ने सुझाव दिनु भएको थियो ।

कार्यक्रममा एमालेका डम्मर खत्री, माओवादी केन्द्रका धनविर दाहाल, राष्ट्रिय प्रजान्त्र पार्टीका युवराज खड्का, प्रहरी चौकीका प्रमुख भुपेन्द्रबहादुर भणडरी, स्वास्थ्य चौकीका टिकाराम चौधरी, स्थानिय शान्ति समितिका संयोजक तिलकबहादुर डागी आधारभुत विद्यालय वाकीका प्रधानाध्यापक डम्बर वस्नेत लगाएतले सुझाव तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

सामाजिक परिचालक देविराम कुसारीले सहजिकरण गर्नुभएको कार्यक्रममा वाल सञ्जालका सल्लाहकार पारस खड्का, वडा नागरिकमञ्चका संयोजक दिला विष्ट, पवित्रा चौधरी, त्यसगरी स्थानियवासी नोखीराम खत्री, मानबहादुर चौधरी लगाएतले वोल्नुभएको थियो । कार्यक्रममा वडा कार्यालयका कर्मचारी पवित्र केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ बैशाख ५ गते मङ्गलवार
प्रतिक्रिया