जब फेसबुकमा लाइभ देखाएर ७४ वर्षीय वृद्धको हत्या गरियो

अमेरिकाको क्लिभल्यान्ड सहरमा एक वृद्ध नागरिकको हत्यालाई फेसबुकमा लाइभ देखाएको घटना सार्वजनिक भएको छ । क्लिभल्यान्ड प्रहरीले मृतक ७४ वर्षीय रोबर्ट गुडविन भएको जनाएको छ । यस घटनाका संदिग्ध स्टिभ स्टिफन्सले अर्को भिडियोमा १३ जनाको हत्या गरेको बताएका छन् ।

यद्यपि प्रहरी प्रमुख केल्भिन विलियम्सले अहिलेसम्म एक जनाको मात्रै हत्या भएको पुष्टि गरेका छन् । विलियम्सले स्टिफन्सको खोजीकार्य जारी रहेको जनाएको छ । संदिग्ध हत्याराको खोजीका लागि ओहायो प्रान्तमा अलर्ट जारी गरिएको छ । प्रहरीले संदिग्ध व्यक्तिको तस्बिर सार्वजनिक गर्दै हत्यारालाई देखेमा सुचना दिन र हत्याराको नजिक नजान अनुरोध गरेको छ ।

अमेरिकामा यसरी प्रत्यक्ष हत्या भएको पहिलो घटना होइन । गत वर्षको जुनमा शिकागोमा एक व्यक्तिलाई लाइभ स्ट्रिम गरिरहेका बेला हत्या भएको थियो भने मार्चमा एक व्यक्तिलाई लाइभ १६ पटक गोली हानिएको थियो ।

रासस–

प्रकाशित मिति : २०७४ बैशाख ४ गते सोमवार
प्रतिक्रिया