उरहरी स्वास्थ्य चौकिमा सेवा बृद्धि गर्न थप नँया भवन बन्दै

बसन्त परियार,उरहरी १ बैशाख ।
तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुरामा रहेको उरहरी स्वास्थ्य चौकिको थप नँया भवन बन्दै छ । सांसद विकास कोषबाट प्राप्त दश लाख रुपैयामा आठ कोठे भवन बन्न लागेको हो । यसैविच भवनको आज जिल्ला जनश्वास्थ्य कार्यालयका प्रमुख घनश्याम पोख्रेलले शिलन्यास गर्नुभएको हो । शिलन्यास कार्यक्रम लाई सम्बोधन गर्दै पोख्रेलले आगामि बर्ष चौकि लाई थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । स्वास्थ्य चौकिको स्तर बृद्धि गर्न स्थानिय पनि जागरुक हुनुपर्ने भन्दै सवैको साथको खाचो रहेको बताउनुभयो । स्वास्थ्य चौकि ब्यबस्थापन समितिको सदस्य तिलक बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष होम प्रकास गौतम,लोकजंग शाह,विर बहादुर बस्नेत, घमण्ड मल्ल,रमेश भण्डारी लगायतले बोलेका थिए ।

टंक भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण ईन्चार्ज विष्णु प्रसाद पोख्रेले गर्नुभएको थियो । यसै आर्थिक बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम आजैदेखि सुरु भएको छ । भवन नहुदा स्वास्थ्य चौकिमा ल्याव सेवा, सुत्केरी प्रसुति सेवा दिन समस्या भएचौकिको ईन्चार्ज पोख्रेले बताउनुभएको छ ।।

प्रकाशित मिति : २०७४ बैशाख १ गते शुक्रवार
प्रतिक्रिया