सल्यानको दमाचौरमा बालबिबाह गर्ने किशोरीहरुको संख्या बढ्दै

बुद्धि पुन,सल्यान २९ चैत्र ।
सल्यानको दमाचौरमा बालबिबाह गर्ने किशोरीहरुको संख्या धेरै रहेको पाईएको छ । साबिकको सो गाबिसमा २० बर्ष भन्दा मुनीका किशोरीहरुको बिहे हुुने गरेको पाईएको हो । दमाचौर गाबिसमा रहेको स्वास्थ्य चौकीले पछिल्लो केही बर्ष यता बालबिबाह गर्ने किशोरीहरुको संख्या बढ्दै गएको जनाएको छ । स्वास्थ्य चौकी दमाचौरका प्रमुख चित्र बहादुर केसीले केही बर्ष यता २० बर्ष भन्दा सानो उमेर समुहका किशोरीहरु स्वास्थ्य चौकीमा प्रसुती हुन आउने गरेको बताउनु भयो । स्वास्थ्य चौकी दमाचौरको तथ्यांङ्क अनुसार आर्थिक बर्ष २०७१र७२ मा ४० प्रतिशत किशोरीहरुले स्वास्थ्य चौकीमा प्रसुती गराएका थिए । यस्तै आर्थिक बर्ष २०७२र७३ मा यो प्रतिशत घटेर ३१ मा आएको थियो । तर यस आर्थिक बर्षको चैत सम्ममा यो फेरी बढेर ३३ प्रतिशत पुगेको उहाँले बताउनु भयो ।

“स्वास्थ्य चौकीमा प्रसुती गराउन प्राय किशोरीहरु आउछन् ।” उहाँले भन्नुभयो– “ यो क्रम बर्षै पिच्छे बढ्न थालेको छ ।” उहाँले सानो उमेरमा नै बिहे गर्नाले आमा र बच्चा दुबैको अबस्था जोखिममा हुने बताउनु भयो । केसीले सानो उमेरमा बिहे गर्दा बिभिन्न स्वास्थ्य समस्या आईपर्ने भएकाले उमेर पुगे पछि मात्रै बिहे गर्नु पर्ने बताउनु भयो । “सानो उमेरमा बिहे नगर्नु होस,” उहाँले भन्नु भयो–“ यदी गरि हाल्नु भयो भने पनि २० बर्ष पुगे पछि मात्रै बच्चा जन्माउनु होस ।” स्थानिय कार्यदल समितीका संयोजक शिब कुमार शर्माले दमाचौरमा उमेर पुगे पछि मात्रै बिबाह गर्नेलाई सम्मान गर्ने निर्णय भएको बताउनु भएको छ । “दमाचौरमा उमेर पुगे पछि मात्रै बिबाह गर्नेलाई सम्मान गर्ने निर्णय गरेका छौँ,” उहाँले भन्नुभयो–“यस बाट बालबिबाह रोकिने छ ।

२० बर्ष भन्दा सानो उमेर समुहका किशोरीहरु स्वास्थ्य चौकीमा प्रसुती हुन आउने दर घट्ने छ ।” स्वास्थ्य चौकी दमाचौर ब्यबस्थापन समितीका सदस्य गायत्री बिकले दमाचौरमा बालबिबाह कम गर्नका लागी जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गरेको बताउनु भयो । बिद्यालय स्तरमा कक्षा सञ्चालन गरेको भन्दै उहाँले यस अघि पनि सडक नाटक लगाएतका कार्यक्रम पनि सञ्चालन गरेको बताउनु भयो । बालबिबाह कम गर्न आफु पनि समुह नै गठन गरेर अगाडी बढेको दमाचौर ४ को किशोरी समुह कि सचिब सदिक्षा न्यौपानेले बताउनु भयो । आफुले सिकेका कुरालाई साथीहरु संग पनि छलफल तथा सिकाउने गरेको बताउनु भयो ।

प्रकाशित मिति : २०७३ चैत्र २९ गते मङ्गलवार
प्रतिक्रिया