नेपाल यातायात मजदुर संगठनको भवण बन्दै

लक्ष्मण विश्वकर्मा,तुलसीपुर २७ चैत्र ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला शाखा दाङको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । संगठनको आन्तरिक कोषबाट रु २० लाख र विभिन्न संघसंस्था तथा व्यक्तिहरुको सहयोगबाट रु पाँच लाख जम्मा रु २५ लाख लगानीमा भवन निर्माण हुन लागेको संगठनका जिल्ला सचिव तारा बहादुर वस्नेतले बताउनु भएको छ । संगठनले तुलसीपुर उपमहानगरपालिका वडा नं.९ कैलास नगरटोलमा आफनै नाममा साढे १२ धुर जग्गा रु ९ लाखमा खरिद गरी चार कोठे भवन निर्माण गर्न लागेको छ ।

भवनको गत पुसमा एक कार्यक्रमका विच संगठनका केन्द्रिय महासचिव भिमज्वाला राईले शिलान्यास गर्नु भएको थियो । संगठनका सचिव वस्नेतले दिएको जानकारी अनुसार एक सय पचास वढि मानिस अट्न सक्ने क्षमता भएको हल कोठा सहित चार कोठा भएको भवन निर्माण कार्य ७० प्रतिशत पुरा भएको र अव ३० प्रतिशत मात्र काम बाँकी रहेको उहाले बताउनु भयो । भवनको क्षेत्रफल २६ मिटर लम्वाई र ८ मिटर चौडाई रहेको छ । सचिव वस्नेतका अनुसार भवनको प्लष्टर,शौचालय,फिनीसीङ,रङरोधन र पर्खाल निर्माणको काम बाँकी रहेको छ ।।

प्रकाशित मिति : २०७३ चैत्र २७ गते आइतवार
प्रतिक्रिया