बिभिन्न निर्णय गर्दै तुलसीपुर चेम्बरको बैठक सम्पन्न

 

तुलसीपुर, २८  चैत्र

तुलसीपुर चेम्बर अफ कमर्सको बैठक तुलसीपुरमा सम्पन्न भएको छ । बैठकले भोली चैत्र २९ गते शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा बसेको बैठकले नागरिकलाई स्वास्थ्य सेवा प्रर्दान गर्न स्वास्थ्य शिविर संचालन र कार्यालय व्यवस्थापन गर्ने निर्णय गरेको महासचिव प्रेम गिरीले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ चैत्र २८ गते बिहिवार
प्रतिक्रिया