सेमिफाईनलका लागी थारु नाच प्रतियोगिता सम्पन्न

तुलसीपुर २१, फागुण ।ड्रामा प्रोडक्सन एन्ड थिएटर मिडिया हाउस तुलसीपुर दाङको आयोजनामा थारु नाच प्रतियोगिता २०७५ को सेमिफाईनल कार्यक्रम मंगलवार बिष्णु चलचित्र हल तुलसीपुरमा सम्पन्न भएको छ । उत्कृष्ट प्रतिभा छनोट गर्नलाई पहिचान, त्यहि प्रतिभालाई दिने छौ सम्मान भन्ने नाराका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजकले बताएको छ । मंगलवार भएको सेमिफाइनल राउण्डका लागी १६ वटा नाच भिडेका थिए ।सामाजिक अभियन्ता एवं थारु अगुवा ज्योति प्रसाद चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रम संयोजक सुन्दर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार निता चौधरी र सुशील चौधरीले गरेका थिए । सेमिफाइनल राउण्ड आगामी चैतमा हुने आयोजले बताएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २१ गते मङ्गलवार
प्रतिक्रिया