तुलसीपुर २ फागुण । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ वालापुरमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । कोहलपुर मेडिकल कलेजको प्राविधिक सहयोग र तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ को आयोजनामा शुक्रवार हुने शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सचिन ढुँगेल, कन्सल्टेन्ट फिजिसियन डा. प्रवेश पन्त, पोषण विज्ञ डा. गीता शाह र सर्जु बराल, मानसिक रोग विशेषज्ञ डा. रितु पौड्याल,डा. श्रीधर खड्का लगायतको सहभागिता रहने वडाध्यक्ष राजु आचार्यले जानकारी दिएका छन ।उनले जनतालाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्वास्थ्य शिविरको आयोजना गरिएको वताए । बालापुर स्कुलमा विहान १० वजेदेखि सुरु हुने शिविरमा उपस्थितिका लागि वडाध्यक्ष आचार्यले सबैलाई अनुरोध गरेका छन् । उनले शिविरका क्रममा निशुल्क औषधि वितरण गरिने समेत जानकारी दिए ।
प्रकाशित मिति : २०७५ फाल्गुन २ गते बिहिवार