शरद रेग्मी, तुलसीपुर २३ चैत ।
नेपाल नेत्रज्योति संघ दाङ राप्ती आँखा अस्पताल रक्षाचौरको ओपिडि भवण निर्माण हुने भएको छ । अस्पताल परिसरमा रहेको पुरानो ओपिडि भवणमा विरामीहरुको चाप बढेपछि अस्पतालले नयाँ ओपिडि भवण सहित नयाँ संरचनाको लागि माष्टर पलान बनायर काम अगाडि बढाएको राप्ती आँखा अस्पताल रक्षाचौरका वरिष्ठ प्रशासकिय अधिकृत शम्सेर थापाले जानकारी दिएका छन् । अस्पताल परिसरमा निर्माण हुन लागेको ओपीडिभवण निर्माणका लागि क्षेत्र विकाश कोष वाट माननीय सांसद वुद्धिराम भण्डारीको पहलबाट अस्पताललाई २० लाख रुपैया सहयोग भएसंगै भवन निर्माणको काम अगाडि बढाएको नेपाल नेत्रज्योति संघका सभापति कृष्णकुमार गिरीले जानकारी दिएका छन् ।
माष्टर पलान अनुसार ओपीडि भवन निर्माणका लागि ५ करोड लागत लाग्ने देखिएको छ । ‘पहिले ३०/४० जना विरामीहरुलाई मध्यनजर गरी दुई दशक पहिले निर्माण भएको ओपिडि भवन हाल आएर ४ सय विरामीहरुलाई सेवा दिनुपरेको र सेवा प्रवाहका कठिनाई देखिएपछि ओपीडि भवन निर्माण गर्न लागेको अस्पतालले जनाएको छ । यसैविच सांसद भण्डारी सहितको एक टोलिले वुधवार अस्पतालमा पुगी ओपीडि भवण निर्माणको स्थलगत अनुगमन गरेका छन् । सो अवसरमा अस्पतालले निर्माण गर्न लागेको ओपीडि भवन र अस्पतालको माष्टर पलानको बारेमा छलफल भएको थियो । सो आवसरमा अस्पतालमा वरिष्ठ प्रशासकिय अधिकृत थापाले दिर्घकालिन योजनाहरुको वारमा त्यहाँ पुगेको टोलिलाई जानकारी गराएका थिए ।
सांसद भण्डारीले अस्पतालमा बन्न लागेको भवनमा सो रकमले नपुग्ने भन्दै थपसहयोग गर्ने प्रदिवद्धता जनाएको नेपाल नेत्रज्योति संघका सचिव सुरेन्द्र खड्काले जानकारी दिएका छन् । सो आवसरमा नेत्रज्योति संघका अध्यक्ष कृष्णकुमार गिरी, सचिव सुरेन्द्र खड्का नेपाली कांग्रेसका नेता ध्रुव पुरी, रमेश भण्डारी, एकराज खड्का, शिवराज सिंह ठकुरी, गणेश वली,अस्पतालका वाहेकार्यक्रम अधिकृत शालिकराम गौतम, विष्णु खनाललगायतको सहभागीता रहेको थियो । करिव पाँच करोड लागतमा ओपिडि भवन निर्माण गर्ने योजना रहेको बताएको छ । साथै ओपीडि भवन निर्माण सहयोगका लागि स्थानीय सहयोगी मन भएका दाताहरु अस्पतालले खोजेको अस्पतालका सुचना अधिकारी बालाराम खड्काले बताए । ‘अस्पतालले अन्य सहयोगी दाताहरु पनि खोजेको छ कोही सहयोगी मन भएका दाताहरु इच्छुक भए अस्पतालले स्वागतगर्दछ, –खडकाले भने ।’