काठमाण्डौं,११ मंसिर । आज पनि सुनचाँदीको भाउ बढेको छ । आज सुन तोलामा ३ हजार ३ सय रुपैयाँले बढेर तोलामा २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले बढेर २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेर ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ हिजो तोलाको ३ हजार ४० रुपैयाँ थियो ।।
प्रकाशित मिति : २०८३ मङ्सिर ११ गते शुक्रवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।