२०८३ कार्तिक ८ गते शनिवार

कोइलाखानीमा विष्फोट हुदा ९० जनाको मृत्यु

फोटो फाईल

काठमाडौ, ९ जेठ । चीनको एक कोइला खानीमा विष्फोट हुँदा ९० जनाको मृत्यु भएको छ । साआन्सी प्रान्तमा रहेको कोइला खानीमा विष्फोट हुँदा ९० जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको छ । स्थानीय समयानुसार शुक्रबार बेलुकी ७ः२९ बजे विष्फोट भएको थियो । उक्त समयमा २४७ मजदुरहरू खानीमा काम गरिरहेका थिए ।

सरकारी समाचार एजेन्सी शिन्हुआले भनेको छ, ‘साआन्सी प्रान्तमा तोङझोउ ग्रुपको खानीमा भएको ग्यास विष्फोटका कारण ९० जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।’ खुर्घटनापछि चीनका राष्ट्रपति शी जिनपिङले घाइतेहरूको उपचार भइरहेको बताउनुभयो । अन्यको खोजीको प्रयास भइरहेको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ९ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।