फोटो फाईल
काठमाडौ, ९ जेठ । चीनको एक कोइला खानीमा विष्फोट हुँदा ९० जनाको मृत्यु भएको छ । साआन्सी प्रान्तमा रहेको कोइला खानीमा विष्फोट हुँदा ९० जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको छ । स्थानीय समयानुसार शुक्रबार बेलुकी ७ः२९ बजे विष्फोट भएको थियो । उक्त समयमा २४७ मजदुरहरू खानीमा काम गरिरहेका थिए ।
सरकारी समाचार एजेन्सी शिन्हुआले भनेको छ, ‘साआन्सी प्रान्तमा तोङझोउ ग्रुपको खानीमा भएको ग्यास विष्फोटका कारण ९० जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।’ खुर्घटनापछि चीनका राष्ट्रपति शी जिनपिङले घाइतेहरूको उपचार भइरहेको बताउनुभयो । अन्यको खोजीको प्रयास भइरहेको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ ९ गते शनिवार





