२०८३ कार्तिक ७ गते शुक्रवार

भारतको उत्तरप्रदेशमा आँधी र वर्षाका कारण ५६ जनाको मृत्यु

फोटो फाईल

काठमाडौ, ३१ बैशाख । भारतको उत्तर प्रदेशमा गए राति आएको ठूलो आँधी र वर्षाका कारण ५६ जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सबैभन्दा बढी क्षति प्रयागराज, भदोही र मिर्जापुर जिल्लामा भएको छ । तीव्र गतिको हावाहुरीका कारण सयौँ रूखहरू र बिजुलीका पोलहरू ढलेका छन् भने कच्ची घरहरू भत्किएका छन् । अधिकांश ज्यान घरको पर्खाल भत्केर वा रूखले च्यापिएर भएको हो ।

आँधीका कारण मानिसका साथै पशु चौपायाको पनि ठूलो क्षति भएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । तत्काल आर्थिक सहायता रकम उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचार गर्न जिल्ला प्रशासनलाई निर्देशन दिनुभएको छ । आँधीका कारण धेरै ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ र राहत तथा उद्धार कार्य जारी छ । मृतकको संख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख ३१ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।