फोटो फाईल
तुलसीपुर, २२ बैशाख । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले कार्यपालिका बैठक बोलाउनु भएको छ । बैठक भोली विहान कार्यपालिका बैठक हलमा ८ बजे बस्ने भएको छ ।भोली बस्ने ४७ औँ कार्यपालिका बैठकमा अघिल्नो बैठकको समिक्षा गर्ने , उच्च अदालत तुलसीपुरको फैसला कार्यान्वयन गर्ने र विविध सम्बन्धमा बैठकको एजेण्डा रहेको एक जना कार्यपालिका सदस्यले बताउनुभयो ।
भोली बस्न लागेको बैठकमा अतिक्रमित जग्गाको विषय प्रवेश हुन्छ की हुदैन भन्ने हाम्रो प्रश्नमा उहाले अहिलेको समसामयिक विषयबस्तु हो, यसमा सबैको चासो र अन्यौलता छ ,यसको लागी पनि छलफल हुन आबश्यक रहेको बताउनुभयो ।
प्रकाशित मिति : २०८३ बैशाख २२ गते मङ्गलवार


















