तुलसीपुर, ५ बैशाख । प्रस्तावित लुम्बिनी स्मार्ट स्कुल तुलसीपुर ९ को आयोजनामा हिजो शुक्रवार भएको तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधि र पत्रकारबीचको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा जनप्रतिनिधिको समुहको विजयी भएको छ । फुटसल खेलमा जनप्रतिनिधि समुहले ५–२ गोल अन्तरले पत्रकारको समुहलाई पराजित गरेको हो ।
जनप्रतिनिधिको समुहले पहिलो खेलमा तिन गोल गरेको थियो भने पत्रकार समुहले एक गोल गरेका थिए । त्यसपछि दोस्रो खेलमा पत्रकार समुहले थप एक गोल गरेका थिए थिए भने एक गोल आत्मघाती गोल गरेका थिए । जनप्रतिनिधिको समुहले दोस्रो खेलमा एक गोल गरेका थिए ।
विजेता भएको जनप्रतिनिधि समुहलाई मेडल सहित प्रत्येक खेलाडीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको विद्यालयका कार्यक्रम निर्देशक कमल भण्डारीले जानकारी दिनुभयो । यस्तैगरी उपविजेता भएको पत्रकारको समुहलाई पनि मेडल,ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो ।विद्यालय प्राङगणमा निर्माण गरिएको फुटसल हलमा भएको खेलको उदघाटन तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले गर्नुभएको थियो ।












