२०८२ चैत्र २० गते शुक्रवार

मध्यपूर्वमा पहिलो पटक ५० हजारभन्दा धेरै अमेरिकी सेना तैनाथ

काठमाण्डौँ, १६ चैत ।  मध्यपूर्वमा अहिले ५० हजारभन्दा धेरै अमेरिकी सेना तैनाथ भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा एक महिनादेखि चलिरहेको युद्धमा अर्को कदम चाल्ने निर्णय गर्दा ५० हजारभन्दा धेरै सैनिक तैनाथ भएका ‘द न्यूयोर्क टाइम्स’ ले जनाएको छ । यो सङ्ख्या सामान्यभन्दा झन्डै १० हजारले धेरै हो । २० वर्षपछि पहिलो पटक मध्यपूर्व क्षेत्रमा ५० हजारभन्दा धेरै अमेरिकी सैनिक तैनाथ भएका खबरमा उल्लेख छ ।

बीबीसी र न्यूजनेसनका रिपोर्टहरूकाअनुसार झन्डै ३ हजार ५ सय नाविक र मरीनहरू भर्खरै ‘यूएसएस त्रिपोली’ पानीजहाजमार्फत यस क्षेत्रमा आइपुगेका छन् । अमेरिकी सेना बहराइन, कुवेत, कतार र साउदी अरेबियाका प्रमुखसहित कम्तीमा १९ ठाउँमा तैनाथ छन् । यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले खार्ग टापु सजिलै कब्जा गर्न सक्ने दाबी गर्नुभएको छ । उहाँले इरानको तेल लिन खार्ग टापु कब्जा गर्न सक्ने बताउनुभएको हो । मध्यपूर्वमा तनाव कायमै रहँदा तेलको भाउ फेरि बढेको छ ।।

प्रकाशित मिति : २०८२ चैत्र १६ गते सोमवार
प्रतिक्रिया