२०८३ भाद्र २९ गते सोमवार

इजरायली आक्रमणमा इरानका शीर्ष सुरक्षा अधिकारी नै मारिए

काठमाण्डौँ, ४ चैत ।  मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन् । तेहरानमा मङ्गलवार रातिको आक्रमणमा लारिजानीका छोरासँगै सुरक्षाकर्मीहरू पनि मारिएका द गार्जियनले जनाएको छ । यसअघि इजरायलले लारिजानी मारिएको दाबी गरेको थियो, जसलाई अब इरानले आधिकारिक रूपमा स्वीकार गरेको छ ।

यो घटना इरानका लागि ठूलो क्षति मानिएको छ, लारिजानी देशको सुरक्षा तथा राजनीतिक संरचनामा अत्यन्त प्रभावशाली व्यक्ति थिए । विश्लेषकहरूका अनुसार लारिजानीको मृत्युले युद्धको दिशा थप जटिल बनाउन अनुमान छ । यसैबीच अमेरिका–इजरायल र इरानबीचको युद्ध १८औँ दिनमा प्रवेश गरेको छ । इजरायलले लेबनानको टायर शहरमा नयाँ विस्थापन आदेश जारी गरेपछि हजारौं सर्वसाधारण सुरक्षित ठाउँतर्फ गएका छन् ।।

प्रकाशित मिति : २०८२ चैत्र ४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।