२०८३ बैशाख ११ गते शुक्रवार

इजरायलद्धारा इरानको कैयौं शहरमा आक्रमण

फोटो फाईल

काठमाडौ,१६ फागुन । इजरायलले इरानको राजधानी तेहरानसहित कैयौं शहरमा आक्रमण गरेको छ । इजरायली रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर आफूले इरानमा आक्रमण गरेको जानकारी गराउँदै इजरायलमा पनि क्षेप्यास्त्र आक्रमण हुन सक्नेतर्फ सचेत गराएको छ ।

इरानले इजरायलविरुद्ध आक्रमण गर्ने तयारी गरेका कारण खतरा हटाउन आफूले पहिला आक्रमण गरेको इजरायलको भनाइ छ । यस्तै इजरायलले इरानमाथि गरेको आक्रमणमा अमेरिका पनि संलग्न भएको खुलेको छ ।अन्तर्राष्ट्रिय समाचार संस्था एपीले दुई जना अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै इरानमा भएको आक्रमणमा अमेरिकाको पनि संलग्नता रहेको उल्लेख गरेको छ ।

गएको वर्षको जुलाईमा इजराइल र इरानबीच युद्ध हुँदा अमेरिकाले इरानमा आक्रमण गरेको थियो । त्यतिबेला इरानका ठूला तीनवटा आणविक भट्टीमा अमेरिकाले शक्तिशाली जिबियू–५७ बम खसालेको थियो ।अमेरिकाले त्यतिबेलै कामै नलाग्ने गरी ध्वस्त बनाएको भनेको भट्टीहरूमा परमाणु कार्यक्रम पुनः सञ्चालन भइरहेको सार्वजनिक भएपछि अमेरिकाले इरानलाई परमाणु कार्यक्रम रोक्न दबाब दिँदै आएको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन १६ गते शनिवार
प्रतिक्रिया