२०८२ फाल्गुन १ गते शुक्रवार

जसपुर तुलसीपुर सडकखण्ड क्षेत्र भित्रका अनाधिकृत संरचना हटाउन आग्रह

तुलसीपुर, ९ माघ । सडक डिभिजन दाङले राप्ती राजमार्ग अन्र्तगत जसपुर – तुलसीपुर सडकखण्ड भित्र पर्ने संरचनाहरु हटाउन आग्रह गरेको छ । कार्यालयले एक सार्वजनिक सुचना जारी गर्दै त्यस्ता संरचनाहरु पन्ध्र दिन भित्र हटाउन भनेको छ ।

उक्त सडक सिमाभित्र पर्ने व्यापारिक मालसमानहरु राखेको, निर्माण सामाग्रीहरु थुपारेको,सडक किनारामा खुद्रा पसल र व्यापार गरेको लगाएत विभिन्न अस्थायी संरचनाहरुका कारण सवारी आवगमन तथा निर्माण कार्यमा असहज भएको भन्दै निषेध गरिएका कार्यहरु नगर्न र नगराउन जारी सुचनामा भनिएको छ ।

यदि कसैले त्यस्तो कार्य गरेको भए तोकिएको समयसिमा भित्र हटाउन आग्रह गरेको छ । साथै सुचनालाई व्यवास्तामा गरेमा कार्यालयले त्यस्ता समान तथा संरचनाहरु हटाउने र खर्च अशुल गर्ने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रवार
प्रतिक्रिया