तुलसीपुर, ३ माघ ।तुलसीपुर ४ मा रहेको खाद्रे खानेपानी उपभोक्ता तथा सरसफाई समितिको आज शनिवार १६ औं बार्षिक साधारणसभा खाद्रेमा सम्पन्न भएको छ । समितिका अध्यक्ष ढक बहादुर बिक(राजेस) को अध्यक्षता एवं वडा अध्यक्ष तुलसी थापाको प्रमुख आतियता तथा खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्यौपानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
सो अवसरमा बोल्ने बक्ताहरुले खानेपानीको मुहान संरक्षणमा जोडदिनु पर्ने बताएका छन् । खानेपानीको मुहानहरु सुक्दै जादा उपभोक्ताहरुलाई सहज आपुर्ति हुन नसकेको भन्दै यसका लागी सरोकारवाला सवै ध्यान दिनुपर्नेमा उनीहरुले जोड दिएका थिए ।
समितिका उपाध्क्ष यादव खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा समितिको आर्थिक प्रतिवेदन कोषाध्यक्ष डिल्ली बहादुर थापाले प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा समितिका पुर्व अध्यक्ष शोभाराम बुढाथोकी,समाजसेवी लेक कुमार कार्की, डाँडाटोल विकास संस्थाका मोहनलाल शर्मा लगाएतले बोल्नु भएको थियो । कार्यक्तमको सहजीकरण डुविन्द्रराज केसीले गर्नुभएको थियो ।



