२०८२ फाल्गुन १ गते शुक्रवार

अमेरिकाद्वारा भेनेजुएलाको तेल बोकेका दुई ट्याङ्कर नियन्त्रणमा

बीबीसी, २४ पुस ।  अमेरिकाले भेनेजुएलाको तेल निर्यातसँग जोडिएका दुई वटा ट्याङ्कर नर्थ एट्लान्टिक र क्यारेबियन क्षेत्रमा नियन्त्रणमा लिएको छ। तीमध्ये एक रुसी झन्डा फहराइरहेको मरिनेरा ट्याङ्करमा आइसल्यान्ड र स्कटल्यान्डबीच अमेरिकी सेनाले प्रवेश गरेको हो, जसमा यूके रोयल नेभीले सहयोग गरेको जनाएको छ।

दोस्रो ट्याङ्कर एम/टी सोफियामाथि “अवैध गतिविधि” गरेको आरोप लगाउँदै क्यारेबियन क्षेत्रमा नियन्त्रणमा लिइएको अमेरिकी भनाइ छ। ह्वाइट हाउसले ती जहाजहरूलाई झुटो झन्डा प्रयोग गरेपछि ‘देशविहीन’ ठहर गरिएको जनाएको छ।

रुसले घटनाको निन्दा गर्दै आफ्ना नागरिकलाई सुरक्षित रूपमा फिर्ता पठाउन माग गरेको छ भने चीनले अमेरिकी कदमले विश्व ऊर्जा सुरक्षामा खतरा बढाएको आरोप लगाएको छ। अमेरिकी अधिकारीहरूले भने भेनेजुएलामाथिको तेल प्रतिबन्ध विश्वभर लागू हुने दाबी गरेका छन्।

प्रकाशित मिति : २०८२ पुष २४ गते बिहिवार
प्रतिक्रिया