२०८२ फाल्गुन १ गते शुक्रवार

अमेरिकी आक्रमणपछि भेनेजुएलाका राष्ट्रपति डेल्टा फोर्सद्धारा मादुरो पक्राउ

बीबीसी, १९ पुस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले भेनेजुएलामाथि “ठूलो स्तरको आक्रमण” गरेपछि त्यहाँका राष्ट्रपति निकोलास मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरिएको दाबी गरेका छन्। ट्रम्पले उनीहरूलाई देशबाहिर लगिसकिएको भन्दै आफ्नो सामाजिक सञ्जाल पोस्टमार्फत जानकारी दिएका हुन्।

तर मादुरोलाई कसरी पक्राउ गरियो वा उनलाई कहाँ लगियो भन्ने विषयमा ट्रम्पले कुनै थप विवरण खुलाएका छैनन्। यसबीच अमेरिकी महान्यायाधिवक्ताले राष्ट्रपति मादुरोविरुद्ध लागुऔषध कारोबार र आतङ्कवादसम्बन्धी अभियोग सार्वजनिक गरेका छन्।

भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोद्रिगेजले भने राष्ट्रपति मादुरो वा प्रथम महिला हाल कहाँ छन् भन्नेबारे आफ्नो सरकारसँग कुनै जानकारी नभएको बताएकी छन्। बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई अधिकारीहरूले दिएको जानकारीअनुसार अमेरिकी सेनाको विशेष प्रतिआतङ्कवाद एकाइ डेल्टा फोर्सले मादुरोलाई पक्राउ गरेको बताइएको छ। डेल्टा फोर्स अमेरिकाको शीर्ष सैन्य प्रतिआतङ्कवाद इकाइ मानिन्छ। मादुरो पक्राउ परेपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलाविरुद्ध थप कदम नचालिने संकेत दिएको एक रिपब्लिकन सिनेटरले बताएका छन्।

प्रकाशित मिति : २०८२ पुष १९ गते शनिवार
प्रतिक्रिया