२०८२ फाल्गुन १ गते शुक्रवार

अष्ट्रेलियामा बन्दुकधारीहरूको हमलामा ११ जनाको मृत्यु

बीबीसी, २८ मंसिर । सिड्नीस्थित बोन्डाइ बीचमा एउटा यहुदी पर्वलाई निशाना बनाइएको आक्रमणमा बन्दुकधारीहरूले ११ जनाको ज्यान लिएका छन । प्रहरीले एक जना हमलाकारी मारिएको र अर्को एक जना अस्पतालमा रहेको र तेस्रो व्यक्ति संलग्न रहे या नरहेको अनुसन्धान चलिरहेको जनाएको छ ।

कैयौँ विस्फोटक सामग्रीहरू कारमा फेला परेका छन् र प्रतिआतङ्कवाद प्रहरीले अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन । अस्ट्रेलियामा १६ वर्षमुनिका निम्ति सामाजिक सञ्जालमा आजदेखि न्यू साउथ वेल्सका प्रिमिअर क्रिस मिन्सका अनुसार अर्को एक जना आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले उक्त आक्रमण ’सिड्नीको यहुदी समुदायमाथि निशाना साँध्ने लक्ष्य’ राखेर भएको बताएका छन । “शान्ति र हर्षको साँझ हुनुपर्ने थियो तर भयावह, दानवी आक्रमणले त्यसलाई चकनाचुर पारिदियो“ उनले पत्रकार सम्मेलनमा भने ।

अष्ट्रेलीयाका प्रधानमन्त्री एन्थनी अल्बनीजीले बोन्डाइका दृश्यहरूलाई ’स्तब्ध तुल्याउने र पीडादायी’ भनेका छन् । बीबीसीसँग कुरा गरेका एक जना प्रत्यक्षदर्शीले हानका कार्यक्रम चलिरहेका बेला गोली चल्न थालेको भन्दै आफू बच्चाहरू लिएर भागेको बताएका छन ।

प्रकाशित मिति : २०८२ मङ्सिर २८ गते आइतवार
प्रतिक्रिया