तुलसीपुर, १८ मंसीर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि भारत आउन लागेका छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र दुई देशबीच हुने शिखर सम्मेलनका क्रममा दिल्ली र मस्कोबीच कैयौँ सम्झौताहरूमा हस्ताक्षर हुने अपेक्षा गरिएको बीबीसीले लेखेको छ । अमेरिकाले रुसी तेल खरिद रोक्न भारतमाथि दबाव दिएको केही महिना लगत्तै मस्को र दिल्लीबीच सम्झौताहरू हुन लागेका हुन्।
अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले युक्रेनमा जारी युद्ध अन्त्य गर्ने प्रयासमा रुस र युक्रेनसँग शृङ्खलाबद्ध वार्ता गरिरहेको बेला पुटिन भारत आउन लागेका हुन्। भारत र रुसबीच दशकौँदेखि निकटको सम्बन्ध छ। पुटिन र मोदीबीचको व्यक्तिगत सम्बन्ध पनि सौहार्द छ।
प्रकाशित मिति : २०८२ मङ्सिर १८ गते बिहिवार

