२०८२ माघ २ गते शुक्रवार

बेलायतमा नेपाली नागरिकलाई २५ वर्ष जेल, थप ८ वर्ष कडा निगरानी

बेलायतमा एक नेपाली नागरिकलाई दीर्घकालीन यौन अपराधका अभियोगमा २५ वर्षको जेल सजाय सुनाइएको छ। ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले जेल सजायसँगै सजायपछि पनि ८ वर्षसम्म कडा निगरानीमा राखिने आदेश दिइएको बिबिसीले जनाएको छ।

ढकाल विगत लामो समयदेखि बेलायतको पिटरबरोमा बस्दै आएका थिए। अदालतका अनुसार उनले गत १७ वर्षयता २५ वटा यौन दुराचार तथा बलात्कारसम्बन्धी अपराध गरेका प्रमाणित भएका छन्।

समाचारअनुसार उनले १३ वर्ष मुनिका बालिकामाथि पाँच पटक र १३ वर्षभन्दा माथिका बालिकामाथि दुई पटक बलात्कार गरेका थिए। पीडितमध्ये अधिकांश पिटरबरो क्षेत्रका रहे पनि एक बालिकामाथि भने उनले लन्डनमा दुराचार गरेका थिए।

सन् २००६ देखि पिटरबरोमा बस्दै आएका ढकाल त्यहाँका पुराना नेपालीमध्ये एक हुन् र समुदायमा पण्डितका रूपमा समेत परिचित थिए। अदालतले उनलाई निरन्तर यौन अपराध गर्दै आएको ‘उच्च जोखिमयुक्त अपराधी’ ठहर गर्दै कडा सजाय सुनाएको हो।

प्रकाशित मिति : २०८२ मङ्सिर १७ गते बुधवार
प्रतिक्रिया