२०८२ माघ २ गते शुक्रवार

नेपाल मानव धर्म सेवा समितिद्वारा तुलसीपुरमा शैक्षिक सामग्री वितरण

तुलसीपुर २५,कार्तिक । नेपाल मानव धर्म सेवा समिति शाखा तुलसीपुरद्वारा गरिब तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका ३ डाँडाखुटीमा रहेको श्री भगवती प्राथमिक विद्यालय डाँडाखुटीका ८५ जना गरिव तथा विपन्न बालबालिकाहरु लाई आज शैक्षिक सामाग्री वितरण गरिएको समितिका सचिव चन्द्र बहादुर वलीले जानकारी दिनुभयो ।

युवा संगठनद्वारा देशभर सञ्चालन हुँदै आइरहेको “मिसन एजुकेसन” अर्र्थात शिक्षा अभियान कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई निरन्तर विद्यालय जानका लागी हौसला प्रदान हुने र अध्ययनमा केहि सहजताका लागी भन्दै निरन्तर शैक्षिक सामाग्री वितरण कार्यक्रम गर्दै आईरहेको छ ।

सो अवसरमा बोल्दै नेपाल मानव धर्म सेवा समिति राप्ती भेरी क्षेत्र प्रभारी महात्मा चाँदना बाइजी पछिल्लो समय बालबालिकाहरूमा संस्कार र नैतिकता कम हुँदै गएकाले यसप्रति अभिभावक र शिक्षक ध्यान दिन आवश्यक रहेको बताउनुभयो । यस्तै आफ्ना छोराछोरीहरूलाई सम्पती भन्दा शिक्षा सँगसँगै संस्कार दिन सके जीवनमा कहिल्यै दुःखी हुनु नपर्ने बताउनुभएको थियो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति राप्ती भेरी प्रचारिका महात्मा चन्द्रकान्ता बाइजी, समितिका अध्यक्ष लिला प्रसाद शर्मा, शिक्षक, अभिभावक लगाएतको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक गोमा गुरुङले स्वागत मनतव्य ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।  साथै नेपाल मानव धर्म सेवा समितिले देशभर विभिन्न सामाजिक कार्यसँगै आध्यात्मिक जानगरणका कार्यक्रमहरु पनि निरन्तर गर्दै आईरहेको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक २५ गते मङ्गलवार
प्रतिक्रिया