काठमाण्डौ, १२ कात्तिक। रुपन्देहीमा गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अरू चार जना घाइते भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा सैनामैना नगरपालिका वडा नम्बर ८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका वडा नम्बर ५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेका छन् ।
घाइतेहरूको बुटवल सिटी अस्पतालमा उपचार भइरहेको र तीन जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले जानकारी दिनुभयो ।गएराति बुटवलबाट रुद्रपुरतर्फ गुडिरहेको गाडी कन्चन गाउँपालिका वडा नम्बर ५ फायरलाइनको भित्री सडक खण्डमा अनियन्त्रित भइ रुखमा ठोक्किएको थियो ।
प्रकाशित मिति : २०८२ कार्तिक १२ गते बुधवार


















