२०८३ भाद्र १३ गते शनिवार

तुलसीपुरमा खुकुरी प्रहारबाट एकजना घाइते

  दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर ५ रानीजरुवा बस्ने  २५ वर्षका पोषण डाँगी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तुलसीपुर ८ कृष्ण मन्दिर नजिक विहिबार दिउँसो १ बजेतिर तीन जनाको समूहले डाँगीलाई खुकुरी प्रहार खुकुरी प्रहार गरेको हो । मोटरसाइकलमा आएका सन्दीपले अचानक खुकुरी प्रहार गर्दा खुकुरीले पोषणको दायाँ हातको चोर औला र माझी औला काटिएको छ ।   घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि डिस्चार्ज गरिएको छ । घटनामा संलग्न मध्य  रिजन बिक पक्राउ परेका छन् भने तुलसीपुर–८ अश्वारा निवासी संदिप भारती र अमृत बिक फरार रहेको डिएसपी होमबहादुर पराजुलीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८२ असोज ३० गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।