२०८३ कार्तिक ८ गते शनिवार

दाङमा भोलीदेखि सम्पूर्ण कार्यालय खुला गर्न आग्रह

तुलसीपुर, १९ असोज । जिल्ला प्रशासन कार्यालय दाङले जिल्लामा विपतको जोखिम नरहेकाले भोली सोमबारदेखि सम्पूर्ण कार्यालय खुला गर्न आग्रह गरेको छ । आज आइतबार साँझ सुचना जारी गर्दै जिल्लाका सरकारी कार्यालय तथा स्थानिय तहहरुलाई निर्वाध रुपमा कार्यालय खोलेर सेवा प्रवाह गर्न भनेको हो ।   गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले देशमा भइरहेको विपतका कारण दुई दिन सार्वजनिक विदाको घोषणा गरेको थियो । तर बाढी पहिरो जस्ता विपतको जोखिम नरहेको जिल्लामा सेवा सुचारु गर्न जिल्ला प्रशासन कार्यालयलाई सुचना जारी गरेको छ । दाङमा हालसम्मको अवस्था सामान्य रहेकाले सार्वजनिक सेवाहरु सुचारु गर्न प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आग्रह गर्नु भएको छ ।।

प्रकाशित मिति : २०८२ असोज १९ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।