२०८३ कार्तिक ७ गते शुक्रवार

सल्यान दुर्घटनाः घाइते निशाको भारतमा मृत्यु भएसँगै मृतकको सङ्ख्या ४ पुग्यो

दाङ, १७ असोज । रुकुम पश्चिमको बाँफिकोटबाट दाङ तर्फ जाँदै गरेको फोर्स गाडी सल्यानको कपुरकोट गाउँपालिका ३ मा भएको दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ४ पुगेको छ । निशा केसीको विहीबार मृत्यु भएसँगै चार पुगेको सल्यान प्रहरीले जनाएको छ । असोज ११ गते शनिवार राति भएको दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । निशा र उहाँका सहोदर दाइ ठगेन्द्र केसी घाइते हुनुभएको थियो । २७ बर्सिया निशाको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको छ । उहाँका दाइ ठगेन्द्रको उपचार चलिरहेको छ । उक्त दुर्घटनामा निशाकी आमा ६८ बर्सिया पवि केसी सहित २७ वर्षीय शशीधर केसी र बाँफिकोट ४ का २७ वर्षीय प्रकाश केसीको निधन भएको थियो । आमा पविलाई उपचारका लागि लिएर जाने क्रममा निशा, ठगेन्द्र र शशीधर दुर्घटनामा परेका हुन् । लु २ ख ६५०२ नम्बरको हायस गाडी सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।  

प्रकाशित मिति : २०८२ असोज १७ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।