थारु समुदायमा आज धुमधामका साथ दशैँ मनाइदै छ । आजको दिनलाई थारु समुदायले ढिक्रह्वा भनेर मनाउँछन् । दशैँ थारु समुदायमा १५ दिनसम्म धुमधामका साथ मनाइन्छ । दशैँ मनाउन थारु समुदायमा पढाई, पेशा व्यवसाय रोजगारका कारण टाढाटाढा गएका सबै दाजुभाई, छोराछोरीहरु घरमा आउने र रमाइलो गरेर दशैँ मनाउने गरिन्छ ।
थारु समुदायमा आज दिनभर विभिन्न किसिमका सात प्रकारका ढिक्री बनाउने चलन छ । जुन ढिक्रीलाई साँझपख घरको कूल देवतालाई पुजन गर्ने गरिन्छ । पुजन पश्चात सपरिवार बसेर खाने गरिन्छ । साँझ खाइसकेर गाउँभरीका युवायुवतीहरु महटवाको घरमा जम्मा भइ रातभर भोली पल्टको विहानसम्म उज्यालो बनाएर सखिया र पैँया नाच नाच्ने परमरा रहेको छ ।।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।