२०८३ भाद्र १३ गते शनिवार

दाङमा ब्राउन सुगरसहित २ जना पक्राउ

तुलसीपुर, १३ असोज ।दाङमा ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका – १० जलौराका २५ बर्षीय निर्मल डाँगी र सोही वडाको बुधौरा चोक बस्ने २५ बर्षकै शरद घर्ती मगर रहेको प्रहरीले जनाएको छ ।उनीहरुको साथ बाट ४ ग्राम ११० मिली ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।   प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा घोराही – ८ सौंडीस्थित भित्री सडक खण्डमा रा ४ प ५२६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई रोकेर खान तलासी गर्दा ब्राउन सुगर बरामद गरिएको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८२ असोज १३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।