२०८३ कार्तिक ७ गते शुक्रवार

खसी किन्ने क्रममा विवाद हुँदा एक जनाको मृत्यु

  दाङ, ४ असोज । बाँकेमा खसी किन्ने क्रममा भएको विवादपछि दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। झडपमा परी नेपालगन्ज उपमहानगरपालिका–५ का ५२ वर्षीय जाबिद अली बेहनाको निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।   प्रहरीका अनुसार शुक्रबार बिहान खसी किन्न गएका जाबिदले ठिक्क पारेको खसी अर्काले उठाएपछि दुई पक्षबीच विवाद भई ढुंगा हानाहान भएको थियो। उक्त घटनामा घाइते भएका जाबिदलाई उपचारका लागि अस्पताल लगिएकोमा दिउँसो साढे २ बजेतिर मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिनुभयो। हत्या घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।।    

प्रकाशित मिति : २०८२ असोज ४ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।