२०८३ कार्तिक ७ गते शुक्रवार

नामिनगर टोलले उठायो स्थानियको फोहोर

तुलसीपुर, २ असोज । तुलसीपुर उपमहानगरपालिका ५ मा रहेको नागरिनगर टोल विकास संस्थाले आफै फोहोर संकलन गरेर विर्सजन गरेको छ । हालै जेनजी पुस्ताको आन्दोलनपछि सिर्जना भएको विषम परिस्थितिले तुलसीपुर उपमहानगरपालिकाले बजारको फोहोर संकलन गर्न सकेको थिएन । यो समयमा घरायसी फोहोरले घर, समाज दुर्गन्धित भइरहेको अवस्थामा टोलको अग्रसरतामा फोहोर संकलन गरेर विसर्जन गरिएको हो । आन्दोलनपछि करिब डेढ हप्तादेखि नगरपालिकाले बजारको फोहोर उठाउन सकेको थिएन । आफ्नो टोलको फोहोर आफै फालौँ भन्ने उद्देश्यले टोलको फोहोर उठाएको नामिनगर टोल विकास संस्थाका अध्यक्ष पूर्ण धितालले जानकारी दिनुभयो । करिब ११।१२ दिनसम्मको फोहोर घरमा थुपार्दा दुर्गन्ध फैलिने र स्वास्थ्यमा असर पर्ने भएकाले आफ्नो टोल र तुलसीपुर ५ कै रतननाथ टोलको फोहोर पनि संकलन गरेको उहाँले बताउनुभयो । ‘बजार क्षेत्र हो यहाँ हरेक स्थानका मानिसहरुको आवातजावत हुन्छ । दुर्गन्ध फैलिदा तुलसीपुरबासी सबैको नाम जोडिएको हुन्छ । त्यसैले सफा गर्नुपर्छ भन्ने सोचेर टोलको फोहोर फाल्नका लागि ट्याक्टर पठाएँ ।’ उहाँले भन्नुभयो । यता तुलसीपुर उपमहानगरपालिका फोहोर व्यस्थापन शाखाका प्रमुख रेवा रावतले टोलको नेतृत्वमा फोहोर संकलन गरिनुलाई नगरपालिकाले सकारात्मक लिएको बताउनु भएको छ । नगरपालिकाको दायित्व भएपनि विषम परिस्थिति र बाध्यतालाई बुझेर सरसफाइमा टोल विकास संस्थाले गरेको अगुवाइ नगरपालिका र टोल दुवैको समन्वयमा भएको बताउनुभयो । नगरपालिकासँग समन्वय गरेर फोहोर संकलन गरेर डम्पिङ साइडमा लगेर विसर्जन गर्नु समग्र तुलसीपुरको लागि सकारात्मक पक्ष भएको उहाँको भनाइ छ । जेनजी पुस्ताको आन्दोलनपछि उपमहानगरपालिका लजेर ध्वस्त हुँदा नगरपालिकाका सम्पूर्ण कर्मचारीहरु त्यतै सरसफाइमा व्यस्त भएकाले आज विहीबारदेखि बजारमा फोहोर संकलनको सवारी साधनहरु पठाएको बताउनु भयो । अव विस्तारै फाहोर संकलन हुँदै जाने र सरसफाइमा सहजता हुने पनि बताउनुभयो । अहिले तुलसीपुर उपमहानगरपालिकामा दैनिक ९० टन फोहोर उत्पादन भए पनि २५ टन उपमहानगरले संकलन गर्ने गरेको छ । बाँकी ६५ टन फोहोर नागरिकहरुले खेतबारीमा हाल्नका लागि घरमै गल्ने फोहोरबाट कम्पोष्ट मल बनाउने गरिएको छ । तरकारी बजारबाट उत्पादित फोहोर सुँगुरलाई खुवाउनका लागि प्रयोग गर्ने गरिन्छ भने अन्य फोहोर कबाडमा दिने गरिएको छ ।।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।