२०८३ कार्तिक ७ गते शुक्रवार

दाङको देउखुरीमा घर माथि रूख ढल्दा १ घरमा पुर्ण रूप र १ घरमा आंशिक क्षति

भालुवाङ १६ भदौ । दाङको देउखुरीमा घर माथि काँचो सालको रूख ढल्दा १ घरमा पुर्ण र १ घरमा आंशिक क्षति पुगेको छ । आइतबार मध्याह्न १२स्३० बजेको समयमा घर माथि एक्कासी सालको रूख ढल्दा राप्ती गाउँपालिका ३ मुक्त कमैया नयाँबस्ती स्थित लक्ष्मीप्रसाद चौधरीको घरमा पुर्ण रूपमा क्षति पुगेको छ । चौधरीको टिन लगाएको कच्ची घरमा रूख ढल्दा करिव १ लाख १५ हजार मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । त्यस्तै सोही घर सँगै सटेको हेलुराम चौधरीको घरमा रूखको हाँगा लागेर आंशिक क्षति पुगेको छ । उहाँको घरमा हाँगाविगा लागेर क्षति हुँदा करिव २५ हजार बराबरको क्षति भएको प्रहरीले बताएको छ । घरमा पुर्णरूपमा क्षति भएका पिडित लक्ष्मी प्रसाद चौधरी सोही बस्तीमा रहेको मुक्त कमैयाको बैठक भवनमा बस्न बाध्य हुनु भएको छ भने हेलुरामको आर्को आफ्नो पक्की घर भएकोले आफ्नै घरमा बसिरहनु भएको प्रहरीले बताएको छ । काचो सालको रूखको जरा कमजोर भएका कारण रूख ढल्न पुगेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र १६ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।